Aamsanchar

एसियाड फुटबलः नेपालले आज भिएतनामको सामना गर्दै, खेल जिते हरेक खेलाडीलाई डेढ सय डलर

Author Image
बिहिवार, साउन ३१, २०७५

काठमाडौं ।

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भिएतनामको सामना गर्दैछ । खेल विभाहा मुक्ति स्टेडियममा नोपली समयअनुसार ६ः३० बजेपछि शुरु हुनेछ ।

एसियन गेम्समा नेपाल र भिएतनामले पहिलोपटक खेल्न लागेको हो । सिनियर राष्ट्रिय टिममा भने नेपाल र भिएतनाम दुईपटक आमने समाने भैसकेका छन् । जसमा दुवैपटक भिएतनाम विजयी हुन सफल भएको थियो । २००३ को सेप्टेम्बरमा भएको एएफसी एसिया कप अन्तर्गतको दुई लेगको पहिलो खेलमा नेपाल ५–० ले तथा दोस्रो खेलमा २–० ले पराजित भएको थियो ।

पहिलो खेलमा एसियाली पावरहाउस जापानसँग १–० को सम्मानजनक हार बेहोरेको नेपाल भिएतनामविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रने छ । पहिलो खेलमा जापानसँग पराजित भएपनि दोस्रो चरण प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपाली युवा टोलीले आज भियतनामलाई रोक्ने योजनाका साथ मैदान उत्रनेछ । जापानविरुद्धको खेलमा नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उच्च प्रदर्शन गरेका थिए । तर, बलियो भिएतनामलाई रोक्न त्यति सहज हुनेछैन । भियतनामले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ३–० को सहज जित निकालेको थियो ।

नेपालविरुद्धजित या बराबरी निकाले भियतनाम एक खेल अगावै एसियाड फुटबलको दोस्रो चरणका पुग्नेछ । पराजयले भने अन्तिम खेल नै कुर्नुपर्ने हुन्छ ।  आजै जापान र पाकिस्तानबीच खेल हुनेछ । जापान विजयी भएको खण्डमा जापान दोस्रो चरण प्रवेश गर्नेछ । पाकिस्तान भने एक खेल अगावै समूह चरणबाट बाहिरिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर