काठमाडौँ ।

बलिउड अभिनेत्री काजोल ‘हेलिकोप्टर इला’बाट बलिउडमा कमब्याक गर्ने भएकी छिन् ।समाचार अनुसार ‘हेलिकोप्टर इला’मा काजोल एकल आमाको भूमिकामा देखिनेछिन् भने फिल्ममाअमिताभ बच्चन पनि देखिने बताइएको छ ।

फिल्ममा अमिताभले एक महान् कलाकारको भूमिका निभाउने बताइएको छ । यसअघि अमिताभ र काजोल ‘कभी खुसी कभी गम’ र ‘कभी अलबिदा ना कहेना’मा सँगै देखिएका थिए । फिल्ममा छोराको भुमिका ऋद्धि सेन देखिँदै छन् ।

फिल्म अजय देवगणको होम प्रोडक्सनमा बन्दै छ । फिल्मको निर्देशन प्रदीप सरकारले गर्ने भएका छन् ।काजोल यसभन्दा अघि सन् २०१५ मा आएको फिल्म ‘दिलवाले’मा शाहरुख खानसँग देखिएकी थिइन् । ‘


Views: 172

