Aamsanchar

ओमशान्ति मार्ग उद्घाटन

Author Image
शुक्रवार, भदौ १, २०७५

भक्तपुर, 

सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटस्थित ओमशान्ति टोलमा निर्माण सम्पन्न ओमशान्ति मार्ग उद्घाटन गरिएको छ । स्थानीय कन्सस सोसाइटीको अग्रसरतामा काठमाडौँ नगरविकास प्राधिकरणको रु ६५ लाख र जनसहभागितामा ढलानसहितको पक्की सडक निर्माण भएको हो ।

सो सडकको उदघाट्न गर्दै सांसद महेश बस्नेतले भक्तपुरको विकासलाई अब कसैले रोक्न नसक्ने बताउनुभयो । भक्तपुरमा पछिल्लो समयमा विकास विथोल्न खोज्ने केही तत्व लागिपरेको बताउँदै सांसद बस्नेतले त्यस्ता तत्वलाई पन्छाउँदै विकासलाई तीव्र गतिमा लैजाने बताउनुभयो । भक्तपुरलाई अबको चार वर्षभित्र विकास र समृद्ध बनाउने अठोट पूरा गरेरै छाड्ने बताउँदै जनतालाई विकासमा साथ दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले राजधानी नजिक भएर पनि पछाडि परेको भक्तपुरलाई विकासबाट माथि उठाउन केन्द्रीय सरकार मात्रै नभई स्थानीय सरकार पनि लाग्ने बताउनुभयो ।

कायक्रममा सोसाइटीका अध्यक्ष नारायण आचार्य, स्थानीय समाजसेवी रवि श्रेष्ठ लगायतले सडक निर्माणसँगै यहाँका बासिन्दाको आवागमन सहज भएको बताउनुभयो । कार्यक्रममा उक्त सडक बनाउन बजेट व्यवस्थापन गर्न सहयोग पु¥याउनुभएको भन्दै सोसाइटीले प्रतिनिधिसभा सदस्य बस्नेतलाई सम्मान गरेको थियो ।

Views: 113

प्रतिक्रिया (०)