Aamsanchar

कनकाई नदीमा पैडी खेल्ने क्रममा डुबेर एकको मृत्यु, झापा गापामा बेवारिसे शव फेला

Author Image
शनिवार, भदौ २, २०७५

झापा,

झापाको कनकाई नदीमा पैडी खेल्ने क्रममा शनिबार डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका– १ का २५ वर्षीय आषिश पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी जीतेन्द्र बस्नेतले जानकारी दिए ।

अत्याधिक गर्मी बढेसंगै पैडी खेल्न गएका उनीलाई खोलाले बगाएको थियो । उनको तत्कालै उद्धार गरेपनि उनको मृत्यु भइसकेको प्रहरीको भनाई छ ।

उता झापा गाँउपालिका–२ मा एक पुरुषको शव फेला परेको छ । बेवारिसे अवस्थामा नजिकै रहेको खोल्सी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै उक्त स्थानमा प्रहरी पुगेको र हालसम्म शवको पहिचान हुन नसकेको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।

Views: 117

प्रतिक्रिया (०)