Aamsanchar

बिद्यार्थी समेत ‘कलगर्ल’ !

Author Image
आइतवार, भदौ ३, २०७५

दमक ।

बिभिन्न ठाउँहरुबाट उच्च शिक्षाका लागि झापाको दमक आएका कतिपय किशोरीहरु तथा रोजगारीका लागि भनेर यहाँ आएका महिलाहरु आफ्नो खर्च जुटाउनका लागि र साथीभाइको लहै–लहैमा लागेर ‘कलगर्ल’ को रुपमा काम गर्ने गरेको रहस्य खुलेको छ । यस्तै सम्बन्धबाट कुमारी आमा बनेकी एक किशोरी उपचारपछि घर फर्केको बताइएको छ ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले आफूले यस बिषयमा सूचना पाएपछि ती किशोरीको उपचारको ब्यवस्था मिलाइएको बताइन् । स्थानीय एक बिद्यालयमा कक्षा १२मा अध्ययनरत् किशोरीको यो अवस्था देख्दा आफूलाई पनि धेरै नरमाइलो लागेको उनले जनाइन् । बारम्बार आग्रह गर्दा पनि उनले यो अवस्थामा पुर्याउने ब्यक्तिको नाम बताउन चाहिनन्– उपप्रमुख अधिकारीले भनिन् ।
दमकका होटल तथा लजहरुले आफ्नो सम्पर्कमा बिद्यालय तथा क्याम्पस पढ्ने बिद्यार्थीहरु, रोजगार खोज्दै आएका तर रोजगार नपाएका युवतीहरु राख्ने र ग्राहक आएपछि फोन गरेर बोलाइदिँदा आउनेहरुलाई ‘कलगर्ल’ को रुपमा हेरिने गरेको छ । कतिपय अवस्थामा बिद्यालय तथा क्याम्पसको पोशाकमा नै समेत उनीहरु आउने गरेको बताइन्छ । दमकका होटलहरुमा यसप्रकारको गतिबिधिहरु बारम्बार भएको प्रहरीले सूचना पाए पनि बेवास्ता गर्ने गरेको र बेलामौका छापा मारेर व्यवसायीहरुसँग मोलमोलाई गर्ने गरेको भन्दै बिरोध समेत हुँदै आएको छ ।

होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालका अनुसार दमकमा कतिपय होटलहरुका कारणले सबै होटलहरु बदनाम भएकाले यस्तो कार्य रोक्नका लागि अभियान समेत चलाइएको बताए । उनले कहीं कतै दर्ता नभएका तथा कतिपय नाम चलेका होटलहरुमा समेत यसप्रकारको काम हुने गरेको आफूलाई पनि गुनासो आउने गरेको स्वीकार गरे । होटल व्यवसायीहरुले आफ्नो आचारसंहिता र कानून मान्नुपर्ने हो तर यो कतिपयले मानेका छैनन्– दंगालले भने ।

अभिभावकले उच्च शिक्षा पठनपाठनका लागि कोठा लिएर राखेका कतिपय किशोरी तथा युवतीहरुले कोठामा नै मान्छे ल्याउने गरेको भन्दै घरबेटीले घरबाट नै निकाल्नु परेको समेत घरबेटी संघ दमकका एक सदस्यले बताए । हामीले शुरुवातमा त आफन्त नै आए होला भनेर चुप लागेको तर पछि बुझ्दा अर्कै कुरा थाह पाएपछि घरबाट निकाल्ने गरिएको छ– उनले भने । कोठामा बस्दा शंका गर्ने भएपछि कतिपय किशोरी तथा युवतीहरुले निश्चित होटलहरुमा ‘कलगर्ल’को काम गर्दै आएको पनि भेटिएको प्रहरी श्रोतको भनाइ रहेको छ ।

नगरपालिका उपप्रमुख अधिकारीले आफूले दमकमा यो समस्या बिकराल देखेको बताइन्  । उनले आफूले यस बिषयमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बालाई समेत जानकारी गराएको र स्वबियुका नेता तथा महिला नेतृहरुलाइ समेत गम्भीर भएर यस्तो कार्य रोक्नका लागि लाग्न अनुरोध गरेको बताइन् । बाध्यता र सम्झाउने मानिस नभएर यस्तो कार्यमा लागेका हुनसक्छन्, उनीहरुलाई यो कुलतबाट निकाल्न हाम्रो पनि जिम्मेवारी हो भनेर सबैले बुझ्नु पर्छ– पप्रमुख अधिकारीले भनिन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख सुब्बाका अनुसार यस बिषयमा आफूले पनि जानकारी पाएको बताउँदै यस बिषयमा सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिए । आफू पनि यहाँ नयाँ आएको जनाउँदै उनले यसलाई गम्भीरताका साथ लिएको बताए । यस्तो बिकृति तथा सामाजिक अपराध रोक्नका लागि हामीले सकेको प्रयास गर्नेछौ– सुब्बाले भने । यस्तो कार्य गर्न कसैलाइ पनि छुट नभएको उनको भनाइ छ । (पूर्वाञ्चल दैनिकबाट)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर