Aamsanchar

शिक्षक भट्टराई मृत अवस्थामा फेला

Author Image
आइतवार, भदौ ३, २०७५

खोटाङ, 

दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक राज भट्टराई  आफ्नै कोठामा मृत फेला परेका छन् ।

बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक भट्टराई सात वर्षदेखि उक्त बोर्डिङमा कार्यरत हुनुहुन्थ्यो । उहाँ बान्ता गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो । मृत्युको कारण खुल्न नसकेको पनि उहाँले बताउनुभयो ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक भट्टराईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । उनको आफन्त आएपछि मात्र शवपरीक्षण हुने प्रहरीले जनाइएको छ ।

Views: 91

प्रतिक्रिया (०)