Aamsanchar

बेहोस बनाएर करणी गरेको आरोपमा एकजना पक्राउ

Author Image
सोमवार, भदौ ४, २०७५

रुपन्देही,

जबर्जस्ती करणी गरेको आरोपमा बुटवलमा एकजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल २ पाखापानीमा रहेको जंगलमा लगेर प्युठानकी २४ वर्षीय एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही देवदह–३ बसन्तपुरका देविलाल खनाल पक्राउ परेका हुन् ।

उनले ती महिलालाई नसालु पदार्थ खुवाएर बेहोस बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । महिलाको उद्धार गरी उपचार गरिएको प्रहरीले बताएको छ ।

Views: 226

प्रतिक्रिया (०)