एजेन्सी ।

न्युजिल्याण्डकी यातायात सहायक मन्त्री जुली जेन्टर आफैले साइकल चलाएर अस्पतालमा बच्चा जन्माउन पुगेकी छन्।


कारमा बस्नका लागि चाहिने जति स्पेस नभएकाले आफूले साइकल चलाएरै अस्पताल गएको उनले बताएकी छन्। मन्त्री जेन्टरले प्रेमीसँगै साइकलमा जाँदै गर्दाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन्।

३८ वर्षीया जेन्टरले पहिलो सन्तान जन्माउँदै छिन्। उनले साइक्लिङ्गको पक्षमा वकालत पनि गर्दै आएकी छन्। जेन्टर आफ्ना प्रेमीसहित साइकल चलाएर अक्ल्याण्डको सिटी सरकारी अस्पताल गएकी हुन्। उनी तीन महिनाको सुत्केरी विदामा छन्।
Views: 306

