Aamsanchar

करेन्ट लागेर एकको मृत्यु अर्का घाइते

Author Image
सोमवार, भदौ ४, २०७५

उदयपुर, 

उदयपुरको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको प्रहरीले जनाएको छ । विद्युत्को मूल लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा करेन्टले फालेर मगरको मृत्यु भएको हो भने अर्का घाइते भएको हो ।

Views: 240

प्रतिक्रिया (०)