ठूला ब्यानरका चलचित्रमा सानो भूमिका गर्न पनि पछि पर्दिनन् नायिका प्रियंका कार्की । प्रियंकाले चलचित्रमा आइटम गीत मात्र गरेका उदाहरण पनि धेरै छन् । उनै नायिका प्रियंका कार्कीले बर्षमा रिलिज हुने ठूला ब्यानरका अधिकांश चलचित्रमा कुनै न कुनै रुपमा कब्जा जमाएकी छिन् ।

प्रियंकाले चलचित्रमा ५ मिनेट मात्र भूमिका भएपनि दर्शकलाई प्रभाव पार्न सकेको खण्डमा केही फरक नपर्ने बताउँदै पनि आएकी छिन् । केही दिन अगाडि चलचित्र ‘दाल भात तरकारी’को घोषणा कार्यक्रममा नायिका कार्की कुर्ता सुरुवाल लगाएर उपस्थित भएकी थिइन् । सो दिनमात्र पत्रकारले चलचित्रमा नायिका कार्की पनि अनुवन्धित भएको थाहा पाए । भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=vD–R1_geQY
Views: 283

