Aamsanchar

नेपाल क्वाटरफाइनलमा पराजित

Author Image
सोमवार, भदौ ४, २०७५

काठमाडौँ, 

१८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा आज पराजित भएको छ । चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

पहिलो सिङ्गल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा तेस्रोमा नेपालका नविन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भएका थिए । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु आगामी शुक्रबारदेखि शुरु हुनेछ ।

पौडीमा गौरि १८ औं र टीसा २२ औँ स्थानमा 

एशियाली खेलकूदको पौडीतर्फ आज भएको खेलमा दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन् । खेलाडी गौरिका सिंह र टीसा शाक्य दुवैले १०० मिटर फ्रि स्टायलमा भाग लिएका थिए ।

२७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८ औँ र टीसा २२ औँ स्थान प्राप्त गरें । गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट शुन्य दशमलव ८२ सेकेन्ड समय खर्चिएकी थिइन् भने टिसाले १ मिनेट शुन्य तीन दशमलव सेकेन्डमा सो दूरी तय गरिन् ।

मङ्गलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रि स्टायलमा सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)