Aamsanchar

खोलाले बगाएर दुई जनाको मृत्यु

Author Image
बुधवार, भदौ ६, २०७५

जाजरकोट, 

खोलाले बगाएर जाजरकोटमा  दुई जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा रहेको छ । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यसैगरी भेरी नगरपालिका–१ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको दारखोलाले बगाई  मृत्यु भएको छ । मिलमा मकै पिसाउन जाँदा दारखोला तर्ने क्रममा खोलाले बगाई उनको मृत्यु भएको छ ।

Views: 222

प्रतिक्रिया (०)