Aamsanchar

भोक नलाग्दा निम्त्याउछ यस्तो समस्या !

Author Image
बुधवार, भदौ ६, २०७५

एजेन्सी ।

खाना खानु मन नलाग्नुलाई सामान्य नै मानिन्छ । तर, जहिले खान मन नलाग्नु या भोक नलाग्ने भएमा यो कुनै न कुनै समस्याको सङ्केत हो भनेर बुझ्नुपर्छ ।

अल्कास्थित काठमाडौँ डाइबिटिज एण्ड थाइराइड केयर सेन्टरकी डाइटिसियन एलिना गिरीका अनुसार अधिकांश समयमा पेट र कलेजोमा समस्या भएको छ भने भोक नलाग्ने, खानामा रुचि घट्ने हुन्छ । जब हामीलाई भोक लाग्छ र भोक लागेको बेला खान पाउँदैनौँ वा खान अल्छी मान्छौँ भने अब हामीलाई एसिडिटीले सताउन थाल्छ ।

भोक नलाग्दा उत्पन्न हुने समस्याहरु:

१) पेप्टिक अल्सर:- खाना नखाँदै भोक मेट्टिने, पेट डम्म हुने समस्याको अर्को कारण ‘पेप्टिक अल्सर’ पनि हुन सक्छ। पाचनप्रणाली सम्बन्धी अल्सरलाई ‘पेप्टिक अल्सर’ भनिन्छ। यस्तो हुँदा व्यक्तिलाई बस्न पनि अप्ठ्यारो हुन्छ र उठ्न पनि त्यसैगरी पेट घोचेजस्तो हुने, पेट फुलेर डम्म हुने, ढ्याउ आउने र पेट ढुस्स हुने अनि ढ्याउ गर्दा अमिलो पानी आउने जस्ता लक्षण देखा पर्छन् ।

२) ग्यास्ट्रोप्यारेसिस:- यो यस्तो अवस्था हो, जुनबेला हाम्रो पेटबाट खानेकुराहरू सही समयमा रित्तिएर सानो आन्द्रामा जान सक्दैन। हामीले खाएको खानेकुरा पचाउनको लागि विभिन्न चरणहरू पार गरेर जानुपर्ने हुन्छ। प्राम्भिक चरण हाम्रो पेटबाट सुरु हुन्छ र त्यसबाट खानाहरू रित्तिएर सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै मलद्वारबाट दिसाको रूपमा बाहिर निस्कन्छ। पेटबाट सानो आन्द्रामा खाना ट्रान्सफर गर्नको लागि ‘भेगस’ नामक स्नायुले पेटलाई खुम्च्याउँदछ । तर यदि यो ‘भेगस’ स्नायुमा कुनै कारणले क्षति पुग्यो भने पेटबाट सानो आन्द्रामा खाना पुग्न पाउँदैन र पेट डम्म भएको महसुस भैरहन्छ। साथै खाना पच्ने प्रक्रिया पनि सामान्यभन्दा ढिलो हुने हुन्छ।

३) कलेजोको रोग:- कलेजोसम्बन्धी जुनसुकै रोगलाई पनि ‘साइलेन्ट किलर’ भन्न सकिन्छ। किनभने कलेजोको रोग सजिलै निको हुँदैन तर यसले धेरै झन्झट दिने गर्छ। अत्याधिक मद्यपान गर्नाले अनि अधिक सिटामोल, फ्लेक्सन जस्ता पेनकिलरको सेवन गर्नाले कलेजोमा समस्या उत्पन्न हुन्छ ।

४) डिप्रेसन:- डिप्रेसन भनेको दिमागी रोग हो, जसले अन्य शारीरिक गतिविधिमा समेत प्रत्यक्ष प्रभाव पार्दछ। कसैलाई डिप्रेसनको कारण उसको हिँडाइको चाल, आनिबानीमा असर पुर्‍याउँछ भने कसैलाई भोक नलाग्ने, रिस उठ्ने, ग्यास्ट्रिक बढाउने गराउँदछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर