Aamsanchar

बीउ र बिरुवासँगै रोग आयात

Author Image
बुधवार, भदौ ६, २०७५

ललितपुर, 

नेपालमा खुला सिमानाका कारण छिमेकी देशबाट बीउ र बिरुवासँगै रोग पनि भित्रिरहेको छ । बीउ आफैँ रोगी हुँदा वा बिरुवासँगै आएको माटोले गर्दा रोग फैलिने गरेको नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले जनाएको छ ।

खुला सिमानाका कारण भारतबाट रोगी बिरुवा भित्रने गरेको वैज्ञानिक चेतना मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बिरुवासँगै रोग पनि ल्याएका हुन सक्छौँ ।” बीउ र बिरुवाबाट माटोजनित रोग भित्रिरहेको हो ।

नेपालमा अहिले हाइब्रिड बीउ धेरै आयात भइरहेको उहाँले बताउनुभयो । हाइब्रिड बीउसँगै विभिन्न खालका रोगका जीवाणु भित्रिएको छ । कतिपय रोग हावाबाट पनि सर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तराईमा भारतबाट सजिलै रोग आउन र यताबाट उता फैलन सक्छ ।” निरोगी बिरुवामा पनि माटो, हावा, पानीलगायतका कुनै एउटा माध्यमबाट रोग फैलिने गर्छ ।

सरकारले अन्य देशबाट आयात हुने र नेपालबाट अन्य देशमा निर्यात हुने बिरुवा तथा बीउको स्वास्थता परीक्षणका लागि कार्यालय स्थापना गरेको छ । तर खुला सिमानाका कारण सबै परीक्षण हुन सकेको छैन । आन्तरिकरुपमा बीउ तथा बिरुवाको स्वस्थता परीक्षण नहुँदा देशको एक ठाउँमा देखिएको रोग सबैतिर फैलने गरेको छ ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२