Aamsanchar

कति निर्दही आमा ! कपाल कोर्न नमानेपछि कुटपिट गर्दा ८ वर्षीया छोरीको मृत्यु

Author Image
बुधवार, भदौ ६, २०७५

झापा।

स्कूल जाने क्रममा कपाल कोर्न नमानेपछि आमाको कुटाइबाट झापामा ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका ५ सुब्बा चोकस्थित २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बु) ले आफ्नै ८ वर्षीया छोरी सफलतालाई कुटपिट गर्दा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रहरीका अनुसार बुधवार बिहान विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि हेमन्ताले छोरीलाई लाठीले कुटपिट गर्दा दाहिने कन्चट, ढाड र दुवै हातमा निलडाम बनाएकी थिइन् । आमाको कुटाइबाट गम्भीर घाइते भएकी सफलताको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कोइरालाले जानकारी दिए ।

यता छोरीको मृत्युपश्चात् आमा हेमन्तालाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर