Aamsanchar

बौलाहा स्यालले आतंक मच्चायो

Author Image
बुधवार, भदौ ६, २०७५
बैतडी,
बैतडीको पाटन नगरपालिका विभिन्न वडामा बौलाहा स्यालले आतंक मच्चाउन थालेको छ ।

नगरपालिकाको वडा नम्बर ६ लोर्खामा बौलाहा स्यालको टोकाइबाट एकैदिन तीनजना घाइते भएका छन् । घाइते हुनेमा दमन्ती जोशी, विन्दा जोशी  र नरेन्द्र भण्डारी रहुनुभएको छ । घरमै बसिरहेका बेला उनीहरुलाई स्यालले टोकेको स्थानीय रामसिंह बिष्टले बताउनुभएको छ ।

स्यालहरुले गाउँघरमै पसेर टोक्न थालेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेबिजविरुद्धको भ्याक्सिन नहुँदा घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२