काठमाडौँ,

महानगरीय प्रहरी परिसर काठमाडौँले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्तले बा३६प ८५३२ नंको मोटरसाइकल चोरी गर्ने गोरखाका १९ वर्षीय रामबहादुर मगराती र गोरखाकै २० वर्षीय ईश्वर श्रीमललाई पक्राउ गरेको हो ।
प्रहरी गस्तीमा हिँडिरहेको अवस्थामा धादिङ घर भई सीतापाइला बस्ने दीपक भण्डारीको रोकेर राखेको मोटरसाइकल हराएको भन्ने खबर पाएपछि खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 111

