एजेन्सी ।

नब्बेको दशकको एक चर्चित नायिका दिब्या भारती छोटो समयमै उनले ज्यान गुमाएकी हुन् । उनको छोटो करिअरमै पनि उनले धेरै सम्झन लायक फिल्म दिइन् । अहिले दिव्याकी बहिनी बलिउडमा छिन् ।

उनको जती सुन्दर मुहार थियो त्यती नै सुन्दर उनको अभिनय पनि छ । बलिउड अभिनेत्री कायनात अरोरा दिव्या भारतीकी कजिन बहिनी हुन् ।

कायनातले क्याडबरी, मारुती र लक्सको विज्ञापनमा समेत काम गरेकी छिन् । कायनातले २०११ मा ग्रयाण्ड मस्तीमा काम गरिन् । उनले पंजाबी फिल्ममा पनि काम गरेकी छिन् ।


उनले रामगोपाल वर्माको फिल्म सिक्रेटमा पनि काम गरेकी छिन् । कायनात अक्षय कुमारको फिल्म खट्टा मीठाको आइटम गीत ‘आइला रे आइला’मा देखिएकी थिइन् भनेर ओएस नेपालले उल्लेख गरेको छ।




Views: 291

