Aamsanchar

मेची स्पोर्टस अवार्ड माघ ७ गते

Author Image
शनिवार, भदौ ९, २०७५

बिर्तामोड।

आगामी माघ ७ गते मेची स्पोट्र्स अवार्ड हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले गत वर्षबाट सुरु गरेको स्पोटेर्स अवार्डलाई यो वर्ष पनि निरन्तरता दिने भएको हो । गत वर्ष झापा स्पोट्र्स अवार्ड गरेपनि यो वर्षबाट मेची अञ्चलभरी विस्तार गर्दै मेची स्पोट्र्स अवार्ड गर्न लागेको मञ्चका अध्यक्ष रमेश समदर्शीले जानकारी दिए ।

गत वर्ष ५ विधामा पुरस्कार प्रदान गरेपनि यो वर्षबाट विभिन्न ६ विधामा पुरस्कार प्रदान गरिने भएको छ । झापाको बिर्तामोडमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा मञ्चका अध्यक्ष समदर्शीले यो स्पोटेर्स अवार्डले खेल क्षेत्रको विकासमा हौसला प्रदान गर्ने बताए ।

उनका अनुसार अञ्चलभरिका पुरुष खेलाडी, महिला खेलाडी, कोच, पिपुल च्वाइज, युवा खेलाडी र लाइफ टाइम एचिभमेन्टका प्रतिभाहरुलाई पुरस्कृत गरिने छ । गतवर्षको पिपुल च्वाइज टिमको सट्टा यस वर्ष पिपुल च्वाइज प्लेयर बनाइएको जनाइएको छ ।

पुरस्कृत हुनेलाई जनही २५ हजार रुपैंया प्रदान गरिने बताइएको छ । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई मोटरसाइकल र स्कुटी प्रदान गरिने अध्यक्ष समदर्शीले जानकारी दिए । मोटरसाइकल र स्कुटी झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले प्रदान गर्ने मञ्चका पर्वत पोर्तेलले बताए ।

१२ लाख २५ हजार रुपैंयाको लागतमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिइएको जनाइएको छ । झापाले खेलकुदको क्षेत्रमा महत्वपूर्ण स्थान ओगट्दै आएको र स्पोटेर्स अवार्डलाई मेची अञ्चल स्तरीय बनाएसंगै यो अवार्डले मेची अञ्चलभरीको खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको अध्यक्ष समदर्शीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर