तिमी र म
म र तिमीमा
के फरक छौ
तिमी मस्तिष्कले चल्छौ
म हृदयले चल्छु
तिमी र म
म र तिमीमा
के फरक छौ
तिम्रा मायाका रंगहरु बदलिएका छन्
हो,
परिवर्तनशिल छन् समयहरु
म चाउरिदै छु
गालाहरु मुजा पर्दै छन्
केशहरु फुल्दै छन्
म हरेकदिन बुढाे हुदैछु
तिमी हरेकदिन जवान हुदै छौ
तिमी र ममा
के फरकपन छौ
तिम्रो शरीर
तिम्रो मस्तिष्कहरु
घरीघरी चल्दै छन्
हो, मलाई तिम्रो बुद्धिपन ले नहेर
मलाई भावनाले हेर
दयाले हेर
तिम्रो भोलापन ले हेर
तिमी र ममा
के भिन्नता छ
तिम्रो शारीरिक यौवन
लैङ्गकिता
तिमी हरेक चिजलाई
कठाेरपनले नहेर
जहाँ,
फुल हरुको मौसम लाई हेर
बर्षादको थोपा हरु लाई हेर
जीवनका मायावी वस्तुहरु लाई हेर
र,जिन्दगीका आनन्दित वस्तु हरु लाई
निहाल
हो, तिमीले मलाई
के देख्यौं
मैले तिमीलाई के देखे
तिमी र ममा
के फरकपन छौ….।
अमित संग्रौला, बिर्तामोड हाल युएई
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 166