पाँचथर,

हिलिहाङ गाउँपालिका ५, सुभाङका ८ वर्षीय वालक खोलामा डुबेर बेपत्ता भएका छन्।

जनै फेर्न भनी नुहाउन गएका डेनिस उप्रेती फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा हुँदै बग्ने हेवाँखोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।
उनी बुबा राजेन्द्र उप्रेतीसँग आइतबार बिहान १० बजे नुहाउन गएका थिए। बेपत्ता बालकको खोजी कार्य थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख(डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिए।

उनका अनुसार बेपत्ता बालकलाई खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। ती बालक नमूना मावि फिदिममा कक्षा १ मा अध्ययनरत रहेको बुबा राजेन्द्रले बताए।
Views: 249

