Aamsanchar

ओलीले गृह मन्त्रालयसँग स्पष्टीकरण मागे

Author Image
सोमवार, भदौ ११, २०७५

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व लडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे गृह मन्त्रालयसँग स्पष्टीकरण सोधेको छ ।

प्रधानमन्त्रीले २४ घन्टाभित्र लिखित स्पष्टीकरण सोधेका हुन् । सोमबार विहान सम्पादकहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले हिँडहुल गर्न पाउने वैयत्तिक स्वतन्त्रता हनन् भएकोप्रति आफ्नो ध्यान गएको बताएका छन् ।

थाइल्याण्डमा हुन लागेको एक कार्यक्रममा जान लाग्दा विष्टलाई विमानस्थलबाट फर्काइएको थियो ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर