Aamsanchar

सर्पले टोक्दा बिर्तामोडमा एक बालकको मृत्यु

Author Image
मङ्गलवार, भदौ १२, २०७५

झापा,

सर्पको टोकाइले झापामा एक बालिकाको सोमबार मृत्यु भएको छ।

सर्पदंशले बिर्तामोड नगरपालिका ७ का बिष्टो मुर्मुका छोरी १२ वर्षीया सकुरमुनीको ज्यान गएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार घरमा सुतिरहेका अवस्थामा बालिकालाई सेतो गोमन सर्पले खुट्टामा डसेको थियो। मेचीनगरको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Views: 169

प्रतिक्रिया (०)