Aamsanchar

प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिता २०१८ सम्पन्न : नेपाल भलिबल क्लब विजयी

Author Image
मङ्गलवार, भदौ १२, २०७५

सुर्य खवास / युएई,

युएईलाई कर्मथलो बनाई श्रमशिल नेवार समुदायको छाता संस्था नेवाः पुचः युएई ले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा “प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिता – २०१८” अगस्ट २४ का दिन दुबईको जेवलअलि स्थित नुजुल भलिबल कोर्टमा भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको प्रमुख आथित्यमा सम्पान भएको उक्त प्रतियोगिता युएईमा श्रमशिल नेपालिहरुका बिचमा हालसम्म कै सर्वाधिक राशी पुरस्कार रहेको आयोजकले बताएको छ । उक्त भलिवल प्रतियोगितामा युएईमा रहेका १८ वटा भलिबल टिमले प्रतिस्पर्धा गरेको थिए । प्रतियोगिताको फाइनल खेलमा बाग्लुङ सेवा समाज ‘ए’ लाई पराजित गर्दै नेपाल भलिवल क्लब अबुधाबीले उपाधी जित्न सफल भएको थियो ।

विजयी टिम नेपाल भलिवल क्लब अबुधाबीलाई पुरस्कार स्वरुप नगद युएई दिराम ३५०० का साथमा ट्रफी, पदक तथा प्रमाणपत्र तथा फास्ट रनर अप बाग्लुङ सेवा समाज ‘ए’ लाई पुरस्कार स्वरुप नगद युएई दिराम २५०० का साथमा ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यसै गरि प्रतियोगितामा बेष्ट प्लेयर बाग्लुङ सेवा समाजका वेलु थापा, बेष्ट स्म्यासर नेपाल भलिबल क्लबका झोम थापा तथा बेष्ट डिफेण्डर नेपाल भलिबल क्लबकै महेन्द्र श्रेष्ठ हुनु भएको थियो । बेष्ट प्लेयर, स्म्यासर तथा डिफेण्डर घोषित खेलाडीहरुलाई समेत पदक तथा प्रमाणपत्र प्रदान गरिएको नेवा: पुच: युएईका महासचिव कुमार बलामिले जानकारी दिनुभयो ।

प्रतियोगिता शुरुहुनु पुर्व जिवित देबि कुमारी तथा नेवारी समुदायको मौलिक भेषभुषा सहित सांस्कृतिक बाजागाजाका साथ युएईका लागी नेपालको तर्फबाट खेलकुद प्रतिनिधि एभरेष्ट मार्शल आर्टसका टेक्निकल डाईरेक्टर एवं एसियन गुजोरियो कराँतेका महासचिव, नेवा: पुचःका केन्द्रिय सदस्य तथा यस प्रतियोगिताका उपसंयोजक श्री रबि शाहीज्युको नेतृत्वमा मार्शल आर्टसका खेलाडीहरुले अग्रपंक्तिमा नेपाल र युएईको राष्ट्रिय झण्डा सहित मार्चपास गरेका थिए भने नेवाः पुचःका उपाध्यक्ष एवं जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष तथा प्रतियोगिताका उपसंयोजक श्री राजेश प्रधान तथा प्रतियोगिताका संयोजक एवं पुचःका केन्द्रिय सदस्य श्री हिरालाल श्रेष्ठज्युको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा राष्ट्रको तर्फबाट सहभागी भैसक्नु भएका भेट्रान खेलाडीहरु, निर्णायक रेफ्रीहरु, प्रयियोगितामा सहभागी खेलाडिहरु, नेवा: पुच:का पदाधिकारी तथा कलाकारहरुले प्लेकार्ड सहित मार्चपास गरेका थिए ।

मार्चपास टोली भलिबल कोर्टमा प्रवेश गर्दा उपस्थित सम्पुर्ण खेलप्रेमी दर्शकहरुका साथै अतिथिगणहरुले सम्मान पुर्वक जोडदार तालीका साथ स्वागत गर्दा खेल मैदान को रौनक नै हर्षोल्लासमय बनेको थियो । त्यस पछि युएई र नेपालको राष्ट्रिय गान बज्दा सबै उपस्थि सबैले उठेर दुबै देश प्रति सम्मान व्यक्त गरेका थिए । राष्ट्रीय गान पछि कार्यक्रममा एभरेष्ट मार्शल आर्टसका खेलाडिहरु नविन श्रेष्ठ, रिता शाही, सुभाष श्रेष्ठ र कामना श्रेष्ठले मार्शल आर्टको खेल कौशल प्रदर्शन गर्नु भएको थियो ।

प्रतियोगिताको उदघाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ्ग रिन्जी शेर्पा र नेवाः पुचःका अध्यक्ष लक्ष्मण श्रेष्ठद्वारा संयुक्त रुपमा रेफ्री लाई बल प्रदान गरी गर्नु भएको थियो । खेल शुरु हुनु फिफाको नियम अनुसार निर्णायक रेफ्रीको तर्फबाट भु.पु.राष्ट्रिय खेलाडी एवं रेफ्री श्री ईश्वर घमाल तथा खेलाडीहरुको तर्फबाट भु.पु. राष्ट्रिय खेलाडी प्रेम बहादुर भण्डारीले सपथ ग्रहण गरी खेल सन्चालन गर्नु भएको थियो । भलिबल प्रतियोगिताको निर्णायक मण्डलमा श्री प्रेम भण्डारी, श्री ईश्वर घमाल, श्री प्रेम शाही, श्री डायमण्ड बस्नेत, श्री अमृत गुरुङ्ग, श्री बिषण गुरुङ्ग, श्री बिष्णु कुमार श्रेष्ठ र श्री सन्तोष गुरुङ्ग रहनु भएको थियो ।


नेवा: पुचःका अध्यक्ष श्री लक्ष्मण श्रेष्ठको सभापतित्वमा संचालित कार्यक्रममा अन्य अतिथिहरुमा नेपाली समाज युएईका सचिव कृष्ण पौडेल, तमु समाज युएईयका अध्यक्ष उषा तमु, काठमाण्डु ट्राभल्स एण्ड टुर्सका सुर्य गिरी, प्रवासी भुजेल समाज सेवा समिती युएईका सचिव सुरिन भुजेल, किरात राई यायोक्खा शाखाका वरिष्ठ उपाध्यक्ष बुद्धि मेवाहाङ राई(ओबेक राई), नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएई शाखाका कोषाध्यक्ष अन्जली लोप्चन, हिमाल रेमिटका रमिल प्रधान रहनु भएको थियो । यसैगरी नेवा: पुचः का संरक्षक श्री प्रमोद श्रेष्ठ, सल्लाहकार तथा एनआरएनए शारजाह क्षेत्रिय अध्यक्ष श्री विरेन्द्र कुमार नकर्मी, मानार्थ सदस्य श्री भिम नारायण श्रेष्ठ तथा मिसाः पुचः अबुधाबीका उपाध्यक्ष श्रीमती मीना श्रेष्ठको उपस्थिती रहेको थियो ।

नेवा: पुच: युएईको नेतृत्वमा विभिन्न कार्यक्रमहरुमा जिवित देवि कुमारिको रुपमा आफ्नो प्रस्तुती दिदै आएकी तथा  यस पटकको खेलकुद कार्यक्रमको पार्चपासमा सहभागी  साईना श्रेष्ठ र उहाँकि ममि कल्पना श्रेष्ठ, भलिबल प्रतियोगिताको स्कोर माईकिङ गर्नुहुने मणि श्रेष्ठ, स्कोर टिपोट गर्नुहुने दिलकुमार श्रेष्ठ तथा सुर्य गिरि, प्रतियोगिताको खेल संयोजक हिरा लाल श्रेष्ठ, उपसंयोजक रबि शाही,राजेश प्रधान, पुचः को अबुधाबी समितिका सुनिल मान श्रेष्ठ, श्राहुल श्रेष्ठ, राजेश श्रेष्ठ, मनोज कुमार सैंजु, शारजाह समितिका मनोज प्रसाद श्रेष्ठ, प्रेम श्रेष्ठ, पुचः का कोषाध्यक्ष अर्जुन श्रेष्ठ, महिला प्रमुख श्रीमती कामना श्रेष्ठ, सदस्य अनिल जोशी, नविना शाक्य, गोपाल महर्जन, प्रमिला श्रेष्ठ, निश्मा श्रेष्ठ, निरु श्रेष्ठ, न्हुच्छे बहादुर सुवाल श्रेष्ठ, सुभाष श्रेष्ठ, नविन श्रेष्ठ, रिता शाही, सुधीर श्रेष्ठ तथा समीर श्रेष्ठले पुर्‍याउनु भएको योगदान प्रती नेवा: पुच: युएईको तर्फबाट महासचिव बलामिले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

कार्यक्रमको प्रमुख प्रायोजक नेपालि चुल्हो अबुधाबी रहेको थियो भने प्रायोजकहरु हिमाल रेमिट, युएई एक्स्चेन्ज, आइएमई ग्लोबल एक्स्चेन्ज, मेडिक्लिनिक, क्युटलूक ब्युटी पार्लर, आइएमई मनि ट्रान्स्फर, शुभयात्रा ट्राभल्स, नाङ्गलो रेस्टोरेन्ट, काठमाण्डु प्यालेस रेस्टोरेन्ट, टकाडो मेक्सिकन किचन, ट्रान्सफास्ट मनि एक्स्चेन्ज, रानी तथा बार्बिकन जुस, ट्राभहिल ट्राभल्स, कान्तिपुर ट्राभल टुरिज्म, वाटिका क्रिम, स्व.क्रिश्टिना भण्डारी कोष समिति रहेका थिय ।

त्यस्तै व्यक्तिगत रुपमा सहयोग गर्नेहरु श्री बल बहादुर गुरुङ्ग, श्री सोम प्रसाद श्रेष्ठ, श्री बिनोद प्रधान, श्री सन्तोष श्रेष्ठ, श्री प्रविण श्रेष्ठ तथा श्री कृष्ण कटुवाल र श्रीमती कल्पना कटुवाल रहनु भएको थियो । प्रतियोगिताको समाचार संप्रेषण गर्न नेपाल पत्रकार महासंघ युएई शाखाको संयोजनमा डिसी नेपाल, नेपा खबर, नेपाल भाषा टाईम्स, मानक मिडिया, मोफसल मिडिया र नेपाल खेल ले सहयोग गरेको थियो ।

प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीहरु, अफिसियलहरु, अतिथिहरु तथा स्वयंसेवकहरु गरी करिब ४०० जनालाई नेपाली खाना तथा पानीको व्यवस्था गरी निःशुल्क वितरण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर