Aamsanchar

किन उत्ताउली भइन् प्रियंका ?

Author Image
मङ्गलवार, भदौ १२, २०७५

मुम्बई ।

बलिउड अभिनेत्री प्रियंका चोपडाले ३० वर्ष उकालो लागि सकेकी छिन् । उनले विवाह नगर्ने पो हुन् कि भन्ने शंसय थियो । तर, अहिले कथामा ट्वीस्ट आएको छ । प्रियंकाले चाडै घरजाम गर्दैछिन् । त्यो पनि हलिउड गायकरअभिनेता निक जोनाससँग । अझ रमाइलो त के भने, निक जोनास प्रियंकाभन्दा करिब ११ वर्ष कान्छो छन् ।

अहिले उनीहरूको इंगेजमेन्टको चर्चा छ । टेकेन विद अल माई हार्ट एन्ड सोल अर्थात म पूरा दिल र आत्माबाटै उसको भइसकेकी छु ।

यो हो प्रियंका चोपडाको ताजा इन्स्टाग्राम पोस्टको क्याप्सन । साथमा एक तस्वीर पनि पोस्ट भएको छ । पहेंलो रंगको पहिरनमा प्रियंका । सेतो कुर्तामा निक जोनास । प्रियंकाको हात निकको छातीमा र दुबै एकआपसमा आँखामा आँखा जुधाएका । प्रियंकाको औंलामा चम्किएको औंठी र उनको मुस्कुराहट प्रष्ट देखिन्छ ।

तस्विर पोस्ट भएको एक घण्टाभित्र करिब यसलाई डेढ लाख बढीले लाइक्स गरेका छन् । अहिलेसम्म चालिस हजार बढी कमेन्ट आइसकेको छ । पछिल्लो समय प्रियंका र निकको सम्बन्धबारे व्यापक चर्चा थियो ।

दुबैलाई बेलाबखत एकसाथ देखिएका थिए । उनीहरू मुकेश अम्बानीका छोरोको पार्टीमा समेत सामेल भएका थिए । तर, उनीहरूको सम्बन्धबारे दुबैले औपचारिक रुपमा कुनै खुलासा गरेका थिएनन् ।

सोशल मिडियामा भनिएको छ कि, प्रियंका र निकको इंगेजमेन्ट मुम्बईमा भइसकेको छ । उनी अहिले खुसी देखिएकी छिन् र घुमाउरो रुपमा आफ्नो सम्बन्ध खुलाइसकेकी छिन् ।

इन्टाग्रामबाट उनले निक जोनाससँग सम्बन्ध गाँसिएको बताएकी छिन् । इन्स्टाग्राममा उनलाई बधाईको ओइरो लागेको छ । निकोलस जेरी जोनास अमेरिकी गायक, लेखक, अभिनेता र रेकर्ड प्रोड्युसर हुन् । उनी सात वर्षका थिए, जतिबेला अभिनयको सुरुवात गरे ।

निकको जन्म अमेरिकाको स्टेट टेक्सासाको डैलासमा पल केविन जोनास सिनियरको घरमा भएको थियो । उनले केविनसँग मिलेर सांगीतिक व्यान्ड बनाएका थिए र त्यसको नाम थियो, द जोनास ब्रदर्श ।-दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर