Aamsanchar

यस्तो पनि उपचार ? जहाँ गरिन्छ तातो तेलमा नुहाएर उपचार

Author Image
बुधवार, भदौ १३, २०७५

काठमाडौँ ।

आफ्नो जिउ स्वस्थ राख्नका लागि मानिसले देखे–सुने–जाने सम्मका अनेकन उपाय अपनाउछन् । अजरबैजान भन्ने देशको एउटा सहरमा चाहीँ दुनियामा कहीँ नभएको शैली अपनाइन्छ स्वस्थ रहने उपायको खोजी गर्दै । त्यहाँका मानिसहरुले जिउ स्वस्थ राख्न भन्दै कच्चा तेलले नुहाउने गर्दछन् ।

नाफतलान नामक उक्त सहरमा एउटा यस्तो हेल्थ सेन्टर रहेको छ जसले कच्चा तेलले नुहाइदिएर विरामीको उपचार गर्दछ । त्यहाँ दैनिक ७० जना विरामीको उपचार गरिने र रुस, कजाकिस्तान तथा जर्मनी लगायतका देशबाट समेत मानिसहरु उपचारका लागि आउने बताइन्छ ।

तातो तेलमा नुहाउँदा आफ्नो हड्डी तथा छाला सम्बन्धी समस्याहरु निको भएको मानिसहरुको अनुभव रहने गरेको छ । बिरामीहरुलाई कच्चा तेलले भरिएको बाथटबमा पसेर नुहाउन लगाइन्छ । स्मरण रहोस् अजरबैजान तेल निर्यात गर्ने एउटा प्रमुख देश हो ।

उक्त स्वास्थ्यकेन्द्रमा छाला, नशा तथा बाथका रोगीहरु पनि उपचारका लागि टाढा टाढाबाट आउने गर्दछन् । कच्चातेलले भरिएको बाथटबमा डुबुल्की मारेर नुहाउनुका अलावा यहाँ अन्य विधिहरु पनि छन् ।

तर ४० डिग्री सेल्सियस तापक्रममा १ सय ३० लिटर कच्चा तेलले भरिएको बाथटबमा बिरामीलाई चोपलेर गरिने उपचार चाहीँ सबैभन्दा धेरै लोकप्रिय रहेको ओएस नेपालले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर