Aamsanchar

होसियार ! चिनीले पनि लिन सक्छ तपाइको ज्यान

Author Image
बिहिवार, भदौ १४, २०७५

काठमाडाैँ ।

चिनी उखुको रसबाट बनाउने गरिन्छ । यसको धेरै प्रयोग गर्नाले शरीरको हड्डी खिईदै जान्छ । चिनीको बढी प्रयोगले महिलाको प्रजनन क्षमतामा समेत ह्रास ल्याउँछ ।

गुलियो खानेकुरा खाँदा शरीरमा चिनीको मात्रा बढी हुन जान्छ र यसले थकान महसुस गराउनुका साथै शरीरलाई कमजोर बनाउँछ ।

शरीरमा चीनको मात्रा बढी भएमा मानसिक रुपमा समेत असर पुर्याउँछ । गुलियो खानेकुरा मिठाईजस्ता परिकारको अत्यधिक प्रयोगले मोटोपन समेत बढाउँछ ।

निरन्तर गुलियो खाद्य पदार्थ खाँदा अस्वभाविक तौल बढ्ने हुदा जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । गुलियोले डिप्रेसशन पनि निम्त्याउन सक्छ । अव्यस्थित खानपान शैलीले मानिस अधबैँसे उमेरमै विभिन्न रोगको सिकार हुन्छ । पछिल्लो समय अत्यधिक रुपमा पेय पदार्थको प्रयोग बढेको छ । तर, एउटा चिसो पेय पदार्थ खाँदा १० चम्चा चिनी पनि संगै खान्छौं ।

त्यस्तै, फ्रुट जुसहरुमा पनि चिनीको मात्रा बढी हुन्छ, जुन शरीरका लागि मन्द विष हो । गर्मीको बेला फ्रुट जुस बढी प्रयोग गरिन्छ जुन राम्रो होईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर