Aamsanchar

ट्रेड युनियन कांग्रेसद्धारा समसामयिक राजनीतिबारे छलफल

Author Image
बिहिवार, भदौ १४, २०७५

बिर्तामोड ।

ट्रेड युनियन कांग्रेस झापाले बिहिबार बदलिएको राजनैतिक परिवेश र युनियनसंग आबद्ध सघं र पदाधिकारीहरुको त्यसमा हुनु पर्ने समर्पण र भुमिका अनी भावि रणनिति बिषयमा गहन छलफल र अन्तरक्रिया सम्पन्न गरेको छ ।

ट्रेड यनियनका राष्ट्रिय अध्यक्ष पुस्कर आचार्य , नेपाल कारख़ाना श्रमिक संघ केन्द्रिय अध्यक्ष अमृतलाल जोशी ,प्रदेश नं १ अध्यक्ष नारायणवावु कार्की लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा नवनिर्वाचित केन्द्रिय तथा प्रदेशका पदाधिकारीहरु लाई स्वदेशमै निर्मित गाम्छा ओडाएर स्वागत तथा बधाई दिईएको थियो।

शिक्षक संघ ,नेपाल स्वास्थ्यकर्मी संघ ,निर्माण व्यावसायी मजदुर संघ, यातायात मजदुर संघ, चिया मजदुर संघ , होटल मजदुर संघ लगायत ट्रेड युनियन आवद्ध सबै संघका अध्यक्ष तथा जिम्वेवार प्रतिनिधहरुको सहभागिता रहेको कार्यक्रममा सबैले आ–आफ्ना संघका समस्या,चुनौति र रणनितिहरु बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा केन्द्रिय अध्यक्षले पद मात्र ओगट्ने पुरानो प्रबृिति त्याग गरि पदमा बस्नेले नयाँ सोचका नयाँ नेता जन्माऊनु पर्ने बिचार ब्यक्त गरेका थिए । फरक शैलिमा बिना आशन ग्रहण शुरु कार्यक्रम झापा सचिब राजकुमारी शेर्पा र जिल्ला अध्यक्ष  यज्ञप्रताप अधिकारीले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

Views: 140

प्रतिक्रिया (०)