Aamsanchar

अस्पताल खर्च तिर्न नसकेका सुरज सम्झौता गरी छुटे

Author Image
शुक्रवार, भदौ १५, २०७५

बुटवल, 

उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई आज अस्पतालसँगको सहमतिपछि घर फिर्ता पठाइएको छ ।

दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल भर्ना भएका ती युवकको उद्धार गरिएको हो । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २३ वर्षीय सुरज विक उपचार खर्च तिर्न नसकेर विगत १५ महिनादेखि अस्पतालमै बन्धक जस्तै भएर बसेका थिए ।

बुटवलस्थित जेनस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि मा गत वर्ष जेठको १४ गते भर्ना भएका विकको अस्पतालसँग सहमति गरी आज स्थानीय प्रशासनले उद्धार गरेको हो । अस्पतालले उहाँको बिल मात्र रु १२ लाखभन्दा बढी बताएपछि उक्त रकम तिर्न नसक्दा सुरज घर फर्कन पाएका थिएनन् ।

मोटरसाइकल दुर्घटना भएर चार ठाउँमा खुट्टा भाँचिएका सुरजको उपचारका लागि झण्डै ६ महिना लागे पनि त्यसपछि भने उपचार खर्च तिर्न नसकेपछि अस्पतालमै बस्नु परेको थियो । रकम तिर्न नसकेर युवक बन्धक बनेको जानकारी पाएपछि अस्पतालले २५ प्रतिशत सहुलियत छुट दिने सहमतिमा आज उहाँको उद्धार भएको हो । इलाका प्रशासन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, वडा नं ८ का प्रतिनिधि र अस्पताल प्रशासनबीच उपचार खर्च सहुलियत छुटबाहेक बाँकी रकम पुस मसान्तभित्र विभिन्न सङ्घसंस्थामार्फत जम्मा गरेर बुझाउने सातबुँदे सहमति भएको थियो ।

सहमतिमा अस्पतालले २५ प्रतिशत रकम छुट गर्ने, फार्मेसी, क्यान्टिन, अस्पतालमा भएको खर्च रकम पुस मसान्तसम्ममा भुक्तानी गर्ने, विभिन्न सङ्घसंस्थाहरुबाट सहयोग सङ्कलन गर्ने, बिरामी विकलाई उहाँको बुबा भगवती र दाजु दीपकको रोहवरमा दिनेलगायतका सातबुँदे सहमति भएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर