

युवा पुस्ताले बढी रुचाएका कलाकार मध्य साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज राई अग्रपंतिमा नै आउछन् । यो जोडीले अभिनय गरेको नेपाली कथानक चलचित्र ईन्टु मिन्टु लण्डनमा धेरैको पर्खाईमा रहेको चलचित्र पनि हो। चर्चित कोरियोग्राफर रेनसा वान्तवा राईले निर्देशन गरेको यो चलचित्रले पर्दशनमा आउन निकै अगाडी देखि चर्चा पाएको छ ।




उक्त चलचित्रको ट्रेलेर सार्वजानिक भए संगै फिल्मको चर्चाको उचाई पनि बढेको अनुमान गर्न सकिन्छ । चर्चा र परिचर्चा चलिरहदा चलचित्रको मुख्य टिम प्रचार प्रसारको लागि मोफसलको यात्रामा निस्केको छ । यात्रा अनुरुप १६ गते शनिबार बिर्तामोडबाट शुरु भएर भदौ २९ गते नेपालगन्ज पुगी टुंगिने शुक्रबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।


फोटो : कमल पाण्डे विनोद/आमसंचार
Views: 301

