Aamsanchar

मह प्रशोधन गृह निर्माण

Author Image
शुक्रवार, भदौ १५, २०७५

तुलसीपुर, 

जिल्लामा पहिलो पटक मह प्रशोधन गृह निर्माण गरिएको छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदानमा मह सङ्कलन, प्रशोधन र बजारीकरण उप–आयोजनाअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मा सो प्रशोधन गृह निर्माण गरिएको हो । एक सय ९ मेट्रिक टन मह सङ्कलन गर्न सकिने सो प्रशोधन गृहको लागत रु एक करोड ९३ लाख २१ हजार रहेको निर्माण कम्पनी स्वर्गद्वारी बी कन्र्सनका प्रबन्धक विनोदकुमार हमालले जानकारी दिनुभयो ।

उक्त प्रशोधन गृहको बिहीबार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका निर्देशक गोकर्णराज अर्यालले उद्घाटन गर्नुभयो । माहुरीपालक किसानको आयस्तर बढाउन र व्यावसायिक बनाउन प्रशोधन गहृबाट मद्दत पुग्ने बताइएको छ ।

Views: 145

प्रतिक्रिया (०)