Aamsanchar

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुभारम्भ

Author Image
शुक्रवार, भदौ १५, २०७५

धनुषा, 

प्रदेश नं २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आज शुभारम्भ भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक गर्नुभएको हो ।

प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्नुहुँदै सामाजिक रुपान्तरणका लागि यसखालका अभियान कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

Views: 105

प्रतिक्रिया (०)