Aamsanchar

देशभर विप्लवको खोजी, जङ्गलमा समेत नभेटिएपछि प्रहरी नै पर्यो चकित

Author Image
शुक्रवार, भदौ १५, २०७५

काठमाडौँ ।

वर्तमान सरकारले मुख्य चुनौती ठानेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पछिल्लो समय भुमिगत छ् ।

बम विस्फोटक पदार्थ ओसार पसार तथा कालिकोट जिल्ला अदालतले उनी विरुद्ध परेको मुद्दाका लागि प्रकाउ पुर्जी जारी गरेपछि एकाउक भुमिगत भउका हुन् ।हि दिन पहिले प्रहरीले रुकुम स्थित जगंलमा खोजी गरेको थियो ।

जगंलभर खोज्दापनि विप्लव नभेटिएपछि प्रहरीनै चकित परेको बताइएको छ ।विप्लवको खोजीमा प्रहरीको विशेष ब्युरो परिचालन गरिएको स्रोतको दाबी छ ।विप्लवपछिका शिर्ष नेताहरुलाई धरपकड तथा पक्राउ गरिरहेको प्रहरीको ध्यान पछिल्लो समय महासचिव चन्दलाई नै गिरफ्तार गर्ने योजनामा देशभर परिचालन गरिएको छ ।

तर, जताततै खोज्दा पनि नभेटिएको बताइएको छ।प्रहरीको गोप्य रिपोर्ट फेल भएपछि उनलाई पक्राउ गर्ने योजना भने विफल भएको उच्च स्रोतको दाबी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर