दमक ।

नेपाल प्रेस युनियन झापा क्षेत्रिय समिति माईपश्चिमको शनिबार सम्पन्न प्रथम अधिबेशनले यज्ञराज आङदेम्बेको अध्यक्षतामा ९ सदसिय नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्ष बेणुप्रसाद अधिकारी सचिब अर्जुन राजबंशी, सहसचिब नगेन्द्रमणी न्यौपाने र कोषाध्यक्षमा कुसुम तामाङ रहेका छन् । यसैगरी समितिको सदस्यहरुमा प्रशान्त भटटराई, युवराज रेग्मी, शान्ति सुब्बा र बेणु प्रसाई रहेका छन् ।
Views: 219

