दीपेन लावती / शान्तिनगर।

रातो साडी, रातो चुरा र हरियो पोतेमा सजिएका महिलाहरु सोमबार तीजको गीतमा छम्छमी नाच्दै थिए । कोही रमाईलो गफ–गाफमा ब्यस्त । अन्य दिन भन्दा महिलाहरुको अनुहारमा चमक पनि बेग्लै थियो । उनीहरुले आप्mनो सस्कृति एवम् परम्पराप्रति माया दर्शाए । दिनहुँ घर–धन्दाको काममा ब्यस्त रहने महिलाहरु एक दिन भएपनि रमाईलो गर्दै दुख बिर्सदैँ, आपसी सद्भाव र मेलमिलापको सन्देश छरिरहेका थिए ।

बिना भेदभाब समाबेशी ढंगले हरितालिका तीज मिलन कार्यक्रममा महिलाहरुको सहभागिता उत्साह–पुर्वक थियो । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई शिवालय मन्दिर परिषरमा सात नम्बर महिला संजाल मुल समितिले आयोजना गरेको तीज मिलन कार्यक्रममा देखिएको दृष्य हो ।
तीजको मौकामा माइतीले चेलीलाई बोलाएर दर खुवाउने चलन अहिले पनि टोल, समाज, बिभिन्न सामाजिक संघ÷संस्था, क्षेत्रिय संगठन, पेसागत संगठन, बिभिन्न राजनीतिक दल हुदै कर्पोरेट हाउससम्म आईपुगेको छ । यो दर ख्वाउने र खाने कुरामा मात्र सिमित छैन्, आपसी प्रेम, सद्भाव, एवम् भाईचारा बढाउने अनि आपसमा रमाउने एउटा दरिलो माध्यम समेत साबित भएको छ ।


सात नम्बर वडा महिला संजाल मुल समितिकी अध्यक्ष बिमला गड्तौलाको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ७ नम्बर वडाध्यक्ष मात्रिका प्रसाद पौडेलको बिशेष आतिथ्य र राष्ट्रिय बिजय माबिका पूर्व प्रधानाध्यापक गीता ढुङगानाको बिशेष आतिथ्य रहेको थियो ।
सो कार्यक्रममा स्थानीय जनप्रतिनीधि, बिभिन्न सामाजिक संघ–संस्थाका प्रतिनीधि, राजनीतिक दलका प्रतिनीधि, बुद्धिजीबि, पत्रकार लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रममा देशमा जल्दोबल्दो रुपमा देखिएको महिला बलात्कारको बारेमा चेतनामुलक गीत र ‘चमेलीको बेदना’ नामक नाटक प्रस्तुत गरिएको थियो । उनीहरुले यस्ता काम गर्नेलाई कडा कार्वाही गर्नुपर्ने र यस्ता घट्ना हुन नदिन चेतनामुलक कार्यक्रम संचालन सरकारी पक्षबाटै हुनुपर्ने माग समेत गरेका छन् । सात नम्बर वडाका १२ वटा महिला समुहले सहभागिता जनाएको सो कार्यक्रममा १२ वटै टोलीले आ–आप्mनो प्रस्तुती राखेका थिए ।
सोही कार्यक्रममा ७ नम्बर वडाका १२ वटा आमा समुहका जेष्ठ आमाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा रत्नमाया निरौला, पबित्रा आचार्य, कमला दुलाल, कलिमाया गेलाल, दिवाकर गड्तौला, शकिला लिम्बु, तुलसा पोख्रेल, टिका पोख्रेल, गुल्जारो गुप्ता, भद्रमाया गेलाल, कमला भट्टराई, शंखमाया राई रहेका थिए । उनीहरुलाई प्रमुख अतिथी भूर्तेल लगायतले अबिर र दोसल्ला ओडाएर सम्मान गरेकी थिईन् ।
संजालकी सदस्य निर्मला गड्तौलाले स्वागत तथा लिटल स्टार बालक्लबले स्वागत नृत्य प्रस्तुत गरेको सो कार्यक्रममा वडा महिला सदस्य रीतादेबी बराल, रमिता घिमिरे, बिशेष अतिथी ढुङगाना, बिशिष्ट अतिथी ७ नम्बर वडाध्यक्ष पौडेल, प्रमुख अतिथी भूर्तेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन साबित्रा आचार्य(निरौला) र निर्मला चौलागाईले संयुक्त रुपमा गरेका थिए ।

