Aamsanchar

झापा प्रहरीले अब वित्तिय क्षेत्रमा निगरानी बढाउने

Author Image
सोमवार, भदौ १८, २०७५

 

 

तस्वीर: विनोद पाण्डे

नरेन्द्र ढकाल /बिर्तामोड ।

चाडपर्व नजिकिएसंगै झापा प्रहरीले वित्तिय कारोबार हुने क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । झापाको शान्ति सुरक्षा र प्रहरीको कार्यदक्षतालाई देशकै नमुना बनाउने योजनाका साथ प्रहरीले नागरिक पत्रकार र प्रशासनसंग हातेमालो गर्दै अघि योजना अघि सारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

भाद्र २१ गते बिहिबारबाट सुदृढ शान्ति सुरक्षाका लागी प्रारम्भिक सुरक्षा अभिमुखिकरण अभियान कार्यक्रम सुरु गर्न लागेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । सोमबार बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर प्रहरी उपरीक्षक ढकालले अपराध नियन्त्रणका लागी प्रहरीले ल्याउने योजनाका विषयमा जानकारी दिएका छन् । उनले भने–चाडपर्व नजिकिएसंगै वित्तिय क्षेत्र बैंक, सुनपसल,डिपाटमेन स्टोर, सपिङकम्प्लेस,प्रतिष्ठान लगायतका क्षेत्रमा विशेष अभियान सुरु गर्दैछौं ।

झापामा चार सय ७ वटा वित्तिय संस्था, ६ सय २१ व्टा सुनचाँदी पसल, एक सय ६० बैंक, दुई सय ६ वटा गैह्रसरकारी कार्यालय, तीन सय ३१ व्टा सरकारी कार्यालय, १७ वटा डिपार्टमेट स्टोर, एक सय २१ व्टा उद्योग कलकारखाना, ५८ प्रतिष्ठान र ५ सय ६३ शैक्षिक संस्था रहेका छन् । यि सबै क्षेत्रमा रहेका सुरक्षा गार्डहरुसंग विशेष समन्व्य गरेर अपराध नियन्त्रणमा प्रहरीले विशेष भूमिका निर्वाह गर्ने प्रहरी उपरीक्षक ढकालले बताए ।

तस्वीर: विनोद पाण्डे

जिल्लामा हुने अपराधलाई निरुत्साहित गर्दै शान्ति सुरक्षामा प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरी उपरीक्षक ढकालले बताए । यौनजन्य हिंसाका घटना दिनानुदिन घटिरहेको सन्दर्भमा झापा प्रहरीले सुरु गरेको टोल–टोलमा प्रहरी अभियानका कारण धेरै सुधारात्मक नतिजाहरु देखापर्न थालेको ढकालको भनाई छ । जिल्लाको शान्ति सुरक्षा र अमन चयन राम्रोसँग लागु हुने बिश्वास लिइएको छ ।

बिहिबारबाट सुरुहुने कार्यक्रम अन्तर्गत सुरक्षा गार्डको योग्यता, दक्षता बुझ्ने तथा प्रतिनिधिमुलक रुपमा करिव १ हजार जनालाई प्रारम्भिक सुरक्षा तालिम प्रदान गरिने साथै सम्पुर्ण निकायका प्रतिनिधि र स्थानिय निकायका प्रमुख तथा उपप्रमुखलाई सुरक्षा पुरा गर्न प्रारम्भिक मापदण्ड वारे छलफल तथा अन्तकृया गर्ने जनाइएको छ । कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय र ७ वटा इलाका प्रहरी कार्यालयमा ब्यवस्था मिलाइने जनाइएको छ । तालिम सञ्चालनका लागि ११ जना तालिम प्राप्त प्रहरी अधिकृत खटाइने प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

एक सय १८ किलोमिटर क्षेत्र खुल्ला सिमा रहेकाले सिमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागी भारतीय पक्षसंगपनि निरन्तर छलफल गरेर अघि बढ्ने ढकालले बताए । उनले नेपालमा अपराध गरेर भारत तर्फ भाग्नेहरु धेरै रहेकाले उनीहरुको निगरानी अब सिसि क्यामेरा मार्फत गर्ने तथा अपराधीक मानसिकता बोक्नेहरुलाई प्रहरीले नागरिकको सहयोगमा निरन्तर निगरानी गर्ने प्रहरी उपरीक्षक ढकालले बताए । पूर्वी जिल्ला झापाबाट प्रहरीले विशेष अभियान सुरु गर्दै झापा जिल्लालाई देशकै नमुना जिल्ला बनाउन लागी पर्ने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईले सडक दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीले खेलेको भूमीकाको विषयमा प्रष्ट पार्दै सञ्चालन गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइलाले अपराध नियन्त्रण गर्न प्रहरीको अगुवाईमा बिर्तामोड बजार क्षेत्रमा जडान गरिएको सिसि क्यामेरा पश्चात धेरै अपराधलाई निरुत्साहित पार्न सफल भएको बताएका थिए । कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाको विषयमा प्रहरी उपरीक्षक ढकालले प्रष्ट पारेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर