Aamsanchar

अरिङगालको टोकाइबाट बालिकाको मृत्यु

Author Image
मङ्गलवार, भदौ १९, २०७५

बैतडी,

अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो ।

स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट घाइते हुनेमा पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार रहेका छन् ।

Views: 222

प्रतिक्रिया (०)