Aamsanchar

निर्मला पन्त हत्या प्रकरण, कहाँ चुक्यो प्रहरी ? ४०दिन बित्दा पनि किन मौन सरकार ?

Author Image
मङ्गलवार, भदौ १९, २०७५

काठमाण्डौं ।

हत्या भएको ३७ दिन बित्दा समेत हत्यारा पत्ता नलाग्दा प्रहरीमाथि ठूलो प्रश्न उठेको छ ।घटनामा संलग्न रहेको आशंका गरिएका बम दिदीबहिनीसँग प्रहरीको ठूलै सम्बन्ध रहेकोे स्थानीयको शंका छ ।

हत्यारा लुकाउन वा बचाउन प्रहरी र अन्य कुनै राजनीतिक दलका नेताको हात रहेको केही स्थानीयको दाबी छ । हत्यारा समाउन प्रहरीले नसक्नुका पछि ‘ठूलो शक्ति’ लागेको उनीहरूको बुझाइ छ ।

निर्मला हराएकै दिन आमा दुर्गादेवी पन्तले प्रहरी कार्यालयमा छोरीको खोजतलास गर्न अनुरोध गरिन् । तर, प्रहरीले बेवास्ता ग¥यो । आमालाई प्रहरीले जवाफ दिए, ‘११ बजे हराएकी छोरी यतिबेला खोज्ने रु पोइला गई होली, अब भोलि खोजौंला ।’

आमाले खोजिदिन आग्रह गर्दा प्रहरीले फोटोसहित उजुरी दर्ता गरेपछि खोजौंला भन्ने जवाफ दिएर टारेको परिवारको दाबी छ ।

अर्को कारणका रूपमा लिएको घटना हो, ‘११ साउनमा निर्मलाकी आमा दुर्गादेवी पन्तलाई रोशनी बमको घर पस्न नदिनु र छानबिन गर्न गएका भनिएका सादा पोसाकका प्रहरी कोठाभित्र नपसीकनै फकर्नु ।’

११ गते बिहान करिब ९ बजे खोलाछेउ उखुबारीमा साइकल भेटिएको खबर सुन्नासाथ बबिता बमले ‘साइकल भेटियो भने शव पनि त्यतै होला’ भनेको परिवार र स्थानीय बताउँछन् ।

तर, प्रहरीले यस विषयमा अनुसन्धान गर्न नचाहेको उनीहरूको आरोप छ ।निर्मलाको शव भेटिएको स्थान र हराएको दिनभर र राति पनि पानी परिरहेको थियो । तर, भोलिपल्ट निर्मला भिजेको अवस्थामा र उनका किताब सडकछेउ किन सुक्खा अवस्थामा भेटिए ।

यी प्रश्नले जनता अझै पनि आक्रोशित छन् ।निर्मलाको शव फेला परेपछि प्रहरीले उनले लगाएको सुरुवाल पानीमा पखालेर प्रमाण नष्ट गरेको समेत परिवारले दाबी गर्दै आएका छन् ।

प्रहरीले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।सबैभन्दा पहिले घटनास्थल सुरक्षित राख्नुपर्ने, घटनास्थलमा कसैलाई जान नदिने, कोही नजान सकून् भनेर डोरी हाल्ने, कसैलाई घटनास्थलमा रहेका वस्तु छुन नदिने जस्ता कुरा गरेर प्रहरीले प्रमाण बचाउने कार्य गर्छ ।

तर, घटनास्थलमा यी सामान्य प्रक्रियासमेत प्रहरीले पूरा नगरेपछि प्रहरी अनुसन्धान सुरुबाटै चुकेको स्थानीयको आरोप छ भनेर ओएस नेपालले जनाएको छ ।

https://www.youtube.com/watch?v=q-PAMJQeXqg

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर