Aamsanchar

अभियानको १५ औँ साधारण सभा सम्पन्न

Author Image
मङ्गलवार, भदौ १९, २०७५

खुदुनाबारी ।


सामाजिक उत्तरदायित्व र संस्थागत सवलीकरण दिगो विकास लक्ष्यहरुका हाम्रो प्राथमिकरण भन्ने मूल नाराका साथ अभियान नेपालले १५ औं साधारण सभा अर्जुनधारा–११ स्थित सालबाडीमा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी रहेका प्रदेश सासद बृख बहादुर प्रधानले ग्रामीण क्षेत्रमा अभियानले सामुदायिक शसक्तिकरण र गरीवीको रेखामुनी परेका नागरिकलाई आवास निर्माण लगायत थुप्रै काम गर्ने सफल भएको बताए ।

सासद प्रधानले आयश्रोत हुनेले कर तिर्ने बताउँदै कर करको होइन रहरको विषय बन्नु पर्नेमा जोड दिए । विदेशबाट ऋण सहायता लिएको विषयमा नागरिकलाई चासो छैन् उनले भने–मुलुक समृद्ध हुनको निम्ति कर तिरेर मात्र विकास हुनेछ । विकसित देशहरु नागरिकले कर तिरेर मात्र समृद्ध बनेको चर्चा गर्दै सासद प्रधानले कर तिरेको रकम कुन क्षेत्र तर्फ जाँदैछ आम नागरिकले विशेष चासो दिनुपर्ने बताए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले पशुचौपया उपहार वितरण, महिला सशक्तिकरणको क्षेत्रमा साविक खुदुनाबारीमा अयिभान केन्द्रित भएको आफूले बुझेँको बताउँदै सिं¨ो अर्जुनधारा नगर क्षेत्रलाई केन्द्रमा राखेर कार्यक्रम तय गर्ने सुझाव दिए ।

प्रमुख रानाले पछिल्लो दिनमा अर्जुनधारा नगरमा रहेका ४६ वटा सहकारीसँग उत्पादन, उत्पादित सामानको प्रशोधन, बजारीकरण गर्ने विषयमा छलफल भएको र मार्गचित्र स्पष्ट्र निति लिएर अघि बढ्न लागेको बताए । कृषिमा देखिएको विषादि नियन्त्रणका लागि स्पष्ट्र दृष्टिकोण र उत्प्रेरणाको वातारण मिलाउँने उनले बताए ।

कार्यक्रमका अभियान नेपालका अध्यक्ष एंवम् पूर्व सासद प्रेम बहादुर गिरीको प्रतिवेदनमा विश्वले राखेका सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्यहरुलाई समुदायस्तरमा सुचा¨हरु पूरा गर्दै देशको सवा¨िण विकास स्तरलाई उचाई थप्न सहयोगी संगठनको रुपमा काम गर्दै आएको उल्लेख छ ।

संस्थाले गरेको उपलब्धी सँगै कमाएको साखलाई बचाउँदै आगामी दिनमा अझ गुणात्मक उपलब्धीहरु हाँसिल गर्नका लागि सबैको अनुकरणीय योगदान रहने कुरामा उनले विश्वास समेत लिएका छन् ।

उक्त कार्यक्रममा राजन स्मृति पुरस्कार कोषबाट जनता माध्यामिक विद्यालयमा अध्ययनरत छात्र मनील घिमिरे नगद २ हजार सहित प्रशंशा पत्रले सासद बृख प्रधानले हस्तान्तरण गरेँका थिए ।

कार्यक्रममा अर्जुधारा नगरपालिकाका उप–प्रमुख कमला खतिवडा, गैर सरकारी महासंघ झापा जिल्लाका उपाध्यक्ष हरि प्रसाद गौतम, ११ का वडाअध्यक्ष भैरव खड्काले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष हेम बहादुर खत्रीले गरेका थिए ।

कार्यक्रममा १० का वडाअध्यक्ष बलदेव गोम्देन, पत्रकार सागर गौतम, गोपिचन्द्र पोख्रेल, गजेन्द्र खनाल लगायतको आतिथ्यता समेत रहेको थियो । कार्यक्रम संञ्चालन सचिव मिन प्रसाद निरौलाले गरेका थिए ।

Views: 163

प्रतिक्रिया (०)