Aamsanchar

दुई विधेयक सम्बन्धित समितिमा

Author Image
मङ्गलवार, भदौ १९, २०७५

काठमाडौँ, 

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले संसद् बैठक समक्ष पेश गर्नुभएको “वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५ लाई सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले “खाद्य अधिकार सम्बन्धी विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल विशेष कारणले बैठकमा उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट मन्त्री महासेठले सो सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २० गते बुधबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर