विर्तामोड,

झापाको विर्तामोड ४ निवासी गुरु प्रसाद मैनालीले मेचीनगरका अपाङगता भएका बालबालिकालाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

मेचीनगर ७ स्थित समाज सेवा सुधार अपाङ्ग सहयोग समितिलाई मैनालीले १२ हजार रुपैया बराबरको खाद्यान्न सहयोग प्रदान गर्नुभएको हो ।
विर्तामोड स्थित गुरु प्रतिक्षा टे«डर्सका संचालक मैनालीले त्यहाँ रहेका बालबालिकाका लागि खाद्य सामाग्री सहयोग स्वरुप प्रदान गर्नुभएको अपाङ्ग सहयोग समितिका उपाध्यक्ष गंगा प्रसाद संग्रौलाले जानकारी दिनुभयो ।

२०६० सालमा स्थापीत मेचीनगरको उक्त भवनमा बहिरा, सुस्त र शारिरिक अपाङ्ग गरी कूल २३ बालबालिका बस्दै आएका छन । त्यस मध्ये २० बालबालिकाको आवास समेत त्यहि रहेको छ ।
स्थानिय निकायले दिने वार्षिक अनुदान र दाताहरुको स्वैच्छिक सहयोगमा अपाङगता भएका बालबालिकाको भोजन, आवास र अध्ययन अध्यापन गराइदै आएको समितिका अध्यक्ष धर्म घिमिरेले बताउनुभएको छ ।

