Aamsanchar

जन्म दिनमा नेता भट्टराईद्वारा विद्यार्थीलाई सहयोग

Author Image
बिहिवार, भदौ २१, २०७५

ताप्लेजुङ, 

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग गर्नुभएको छ ।

केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक काम गर्दै आउनुभएका भट्टराईले यसपटक पाथीभरा याङवरक गाउँपालिका शारदा मावि कक्षा १ मा अध्ययनरत कमल विक र गङ्गा विकलाई आर्थिक सहायता प्रदान गर्नुभएको हो ।

पार्टीले विद्यालय भर्नामा जुट्न आह्वान गरेअनुसार आफैँले विद्यालय भर्ना गराएका ती दुई विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्रीलगायतमा खर्च हुने गरी रु दश÷दश हजार प्रदान गरेको भट्टराईले बताउनुभयो । उनीहरुको आर्थिक अवस्थासमेत कमजोर भएका कारण नेता भट्टराईले आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

उक्त रकम पार्टीका ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्षद्वय सन्तोष मादेन र मिङ्मा डण्डु लामामार्फत ती विद्यार्थीको अभिभावकसम्म पुग्ने गरी हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराई २०२३ साल भदौ २१ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएको थियो ।

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर