Aamsanchar

दारी ग्याङ झापाद्धारा एक सय विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

Author Image
बिहिवार, भदौ २१, २०७५

शनिश्चरे।

झापाको अर्जुनधारा नगरपालिकाको शनिश्चरे माविका विपन्न वर्गका एक सय जना विद्यार्थीलाई विहिबार दारी ग्याङ झापाले शैक्षिक सामग्री प्रदान गरेको छ ।

दारी ग्याङ झापाको टिमले सो विद्यालय पढ्ने विपन्न विद्यार्थी छनौट गरी शैक्षिक सामग्री प्रदान गरेको दारी ग्याङ झापाका गोकुल पौड्यालले जनाएका छन् । सामाजिक कार्यमा सकृय रहेको सो युवाहरुको टिमलाई भदौ २२ बाट रिलिज हुने नेपाली कथानक चलचित्र रोज को टिमले सो कार्य गर्न दारी ग्याङलाई २६ हजार बराबरको आर्थिक सहयोग गरेको थियो।

रोज चलचित्र देशव्यापी रुपमा शुक्रबारबाट रिलिज हुँदैछ । सो अवसरमा रोज फिल्मका प्रतिनिधि प्रकाश आचार्य पनि सहभागिता रहेको थियो ।

Views: 193

प्रतिक्रिया (०)