Aamsanchar

पानीको मुहान बचाउन वृक्षरोपण गर्नुपर्छ

Author Image
बिहिवार, भदौ २१, २०७५

विराटनगर,

पानीको मुहान बचाउनुपर्ने निर्णयसहित राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको प्रदेश नं १ स्तरीय भेला आज यहाँ सम्पन्न भयो ।

पानीको मुहान क्षेत्र बचाउनका लागि तीन किलोमिटर क्षेत्रमा दिगो वृक्षरोपण गर्नुपर्ने, सिँचाइ जल उपभोक्ता किसानलाई कृषि, सिँचाइ, सहकारीमा पहँुच पु¥याउँदै खाद्य सुरक्षा बढाउन उत्प्रेरित गर्नुपर्ने, सिँचाइको दिगो व्यवस्थापनमा जोड दिनुपर्ने तथा सिँचाइ सुविधालाई प्रभावकारी बनाउन जल उपभोक्ता संस्थाबीच समन्वय कायम हुनुपर्ने निर्णय भेलाले गरेको छ ।

प्रदेश नं १ स्थित १४ वटा जिल्लाका ७० जनाको सहभागिता रहेको उक्त भेलामा सहभागीले सिँचाइको सहज पहुँचका लागि वाटरपम्पलगायत आधुनिक औजारमा भन्सार दर परिमार्जन गर्नुपर्नेमा माग गर्नुभयो ।

यो प्रदेशमा जल उपभोक्ता महासङ्घका दुई हजार ८०० भन्दाबढी समिति छन् ।

यसअघि उक्त भेलाको उद्घाटन गर्दै प्रदेश नं. १ का समाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्धिको पहिलो आधार कृषि भएकाले यस्को उत्पादन वृद्धि गर्न आधुनिक र व्यावसायिक प्रविधिका साथै सिँचाइको समुचित प्रयोग गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घका प्रदेश अध्यक्ष सन्तोष साह, राष्ट्रिय जल उपभोक्ता सिँचाइ महासङ्घका निवर्तमान अध्यक्ष रामप्रसाद मेहता, महासङ्घकी उपाध्यक्ष गङ्गा पोखरेलले मुलुकको समृद्धिका लागि सिँचाइको पहँुच सबैतिर पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

Views: 294

प्रतिक्रिया (०)