Aamsanchar

झापाली समाज युएईले रक्तदान कार्यक्रम गर्ने

Author Image
शनिवार, भदौ २३, २०७५

झापा ।

सामाजिक कार्यमा गतिसिल रहेको सस्था झापाली समाज यु.ए.ई. अन्तर्गतको कार्यक्षेत्र झापामा कामहरु व्यवस्थित एवम सम्पन्न गर्ने नेपाल सम्पर्क समितिको आयोजनामा नेपालमा रक्तदान कार्यक्रम हुने भएको छ ।

आफ्नो प्रथम अधिवेशन पश्चात् पहिलोपटक औपचारिक कार्यक्रम गर्न अग्रसर रहेको सस्थाले संविधान दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटीको संयोजन तथा प्राबिधिक सहयोगमा झापाको बुद्धशान्ति गाउँपालिका वडा न. – ३ बुधबारे चोकमा आगामी असोज ३ गते बिहान ९ बजे रक्तदान कार्यक्रम तय भएको समाजका नेपाल सम्पर्क समितिका सचिव डिल्ली हुमागाईले जानकारी दिएका छन् ।

युएई र झापामा सामाजिक गतिविधिमा चलायमान रहेको सामाजिक संस्था झापाली समाज यु.ए.ई. ले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गरी पुन्य कमाउन समाजका नेपाल सम्पर्क समितिका अध्यक्ष जगत लुइँटेलले हरेक तह र तप्काका आम जनसमुदायलाई आव्हान गरेका छन् ।

रक्तदान जस्तो मानवीय र जिवन उपयोगी काम नेपाल सम्पर्क समितिले गर्न लागेकोमा झापाली समाज यु.ए.ई. का केन्द्रीय अध्यक्ष अशोक चापागाईंले नेपाल सम्पर्क समिति र नेपाल रेडक्रस सोसाइटीलाई धन्यवाद दिदै युएईको केन्द्र र सबै क्षेत्रीय समितिबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उक्त रक्तदानमा एक सय पचास जना भन्दा बढिले रक्तदान गर्ने आयोजकले अपेक्षा गरेका छ्न !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर