Aamsanchar

सिएमए संघ झापाले अपाङ्ग र अनाथ बालकालिकासंग मनायो स्थापना दिवस

Author Image
सोमवार, भदौ २५, २०७५

बिर्तामोड ।

विभिन्न संघसंस्थाले तामझमका साथ होटल तथा पार्टी प्यालेसमा वार्षिक उत्सव मनाइरहेका बेला नेपाल सिएमए संघ झापाले भने फरक ढङ्गले वार्षिक उत्सव मनाएको छ ।

संघको १५ औं वार्षिक उत्सवका अवसरमा सोमबार अपाङ्ग बालबालिकालाई स्वास्थ्य सामग्री, शैक्षिक सामग्री र खाद्यन्न वितरण गरेर मनाएको हो । हरेक वर्ष विभिन्न सामाजिक काम गर्दै वार्षिक उत्सव मनाउने क्रममा यस पटक अपाङ्ग बालबालिकासंग आफ्नो वार्षिक उत्सव मनाएको सिएमए संघ झापाका महासचिव सुरेश खतिवडाले बताए । उनले भने–वार्षिक उत्सव होटल तथा पार्टी प्यालेसमा मात्रै नभई सामाजिक काम गरेर मनाउन सकिन्छ भन्ने सन्देश दिन यो कार्यक्रम गरेका हौं ।

संघले झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा मनाइएको झापा जिल्ला अध्यक्ष प्रदिप खरेलले बताए । उनले अनाथ तथा अपाङ्ग बालबालिकासंग संस्थाको वार्षिक उत्सव मनाउन पाँउदा खुशी लागेको बताए । दाताको भरमा सञ्चालन भइरहेको केन्द्रलाई सिएमए संघ झापाले सहयोगलाई निरन्तरता दिने आश्वासन समेत दिएका छन् ।

झापा जिल्लामा रहेका सिएमए संघमा आवद्ध स्वास्थ्यकर्मीहरुले फरक ढङ्गले सामाजिक कामलाई अगाडि बढाएको भन्दै संघका केन्द्रिय उपाध्यक्ष ओमबहादुर खड्काले प्रशंसा गरेका छन् । आफुहरुले सञ्चालन गरेका क्लिनक तथा स्वास्थयसंस्थबाट समेत जनताको सेवा गर्दै आएपनि स–साना त्यसमा पनि अपाङ्ग तथा अनाथ बालबालिकालाई सहयोग गरेर वार्षिक उत्सव कार्यक्रम गर्नु उत्कृष्ट कर्मभएको उल्लेख गरे ।

आफ्नो वडामा आएर सिएमए संघले वार्षिक उत्सव मनाएको भन्दै वडा नम्बर–६ का वडाध्यक्ष लोकनाथ गौतमले खुशी ब्यक्त गरे । दाताको भरमा सञ्चालनमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई सबैले सहयोग गर्नुपर्ने उनको भनाई छ । उनले वार्षिक उत्सवमा सामाजिक काम गरेको भन्दै मुर्तीभएको मन्दिर भन्दा पनि भगवान बस्ने मन्दिरमा आएर सहयोग गरेको भन्दै सिएमए संघबाट अन्य सस्थाले पनि सिक्नुपर्ने बताए ।

हालसम्म करिब डेडलाखको हाराहारीमा रहेको प्राबिधिक जनशक्ति सरकारको मान्यता प्राप्त संस्थबाट दुई वर्षको अध्ययन पश्चात काउन्सिलमा दर्ता भएर नेपाल सरकारको नियमानुसार सरकारी या नीजि क्षेत्रमा कार्यरत छन् । सिएमए संघ ग्रामीण स्वास्थ्यमा प्रतिकारात्मक र प्रबर्धनात्मक क्षेत्रमा सेवा पुर्याउदै आएका यिनै सिएमएहरुको साझा छाता संगठन भएकाले सरकारको स्वास्थ्य संरचनामा केन्द्रिय अस्पतालदेखि क्षेत्रिय, जिल्ला हुदै स्थानिय तह अन्र्तरगतका स्वास्थ्यसंस्थाहरुमा लोकसेवा पास गरी अहेब– सिनियर अहेबका रुपमा काम गरीरहेका छन् ।

प्रत्येक स्थानिय तह आफ्नो बलियो उपस्थिति रहेको सिएमए हरुको सघं सामाजिक सेवा आपतकालिन अवस्थामा आफ्नो पेशागत सहयोगका लागि बिस २०६० साल बाटै नै अगाडि बढि रहेको झापाका महासचिव खतिवडाले जानकारी दिए । क्लिनिक रहेको भूगोल र स्वास्थ्यकर्मीको उपल्ब्धता अनुसार क्लिनिक ग्रेडिङ गरिनुपर्ने, परिषदको ऐनले तोकेको अधिकार शुनिश्चित गरिनुपर्ने, बिगतका स्वास्थ्य मन्त्रालय, स्वास्थ्यमन्त्रि र सरकारसंगको सम्झौता कार्यान्व्यन गर्नुपर्ने लगायतकामागहरु सहित सिएमए संघले सातै प्रदेशमा आफ्नो गतिबिधि कायम राखेका झापा अध्यक्ष खरेलले बताए ।

झापाका अध्यक्ष प्रदिप खरेलको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष लोकनाथ गौतम, सिएमएसंघका केन्द्रिय उपाध्यक्ष ओमबहादुर खड्का, अर्जुनधाराका स्वास्थ्य संयोजक मुकुन्द्र बस्नेत, संघका निर्वतमान अध्यक्ष दानबहादुर श्रेष्ठ, अपाङ्ग बालशिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलाल लगायतको आतिथ्य रहेको थियो ।

अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा हाल १२ जना बालबालिका रहेको अध्यक्ष दुलाले जानकारी गरए । दाताको भरमा संस्था चल्दै आएको भन्दै उनले अब राज्यले बेलैमा यस्ता संस्थाको विषयमा सोच्नुपर्ने धारणा ब्यक्त गरे । आफु समेत अपाङ्ग रहेकाले सामाजिक काम गर्ने धेयले यो बालकेन्द्रको स्थापना गरेको उनको भनाई छ । उनले तामझमका साथ गरिने खर्चलाई कटाएर सामाजिक काममा खर्चिएको भन्दै सिएमएसंघ झापालाई धन्यवाद समेत दिएका छन् । कार्यक्रमको सञ्चालन महासचिव सुरेश खतिवडाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर