Aamsanchar

यामाहाले ल्यायो अहिले सम्मकै सुविधायूक्त स्कुटर

Author Image
सोमवार, भदौ २५, २०७५

बिर्तामोड । यामाहा मोटरसाइकल तथा स्कुटरको बिर्तामोडका लागि आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिङ्कले नयाँ स्कुटर ‘स्ट्रिट र्याली’ बिर्तामोडमा लन्च गरेको छ ।

उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई तथा मिस टिन प्रदेश नम्बर १ की रुक्सुम गुरागाईले संयुक्त रुपमा सोमवार बिर्तामोडमा रे जेडआरको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ स्कुटर सार्वजनिक गरेका हुन् ।

यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’ को उत्कृष्ट एडिसन र पावर स्टाइल भएको सयपत्री ट्रेडलिङ्कका सञ्चालक विनोद बस्नेतले बताए । ‘अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट र्याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्ने छ, ’ उनले भने ‘यामाहाप्रतिको बढ्दो मोहलाई नयाँ मोडलको यस स्कुटरले अझ नयाँ उचाई पुर्याउने अपेक्षा गरेका छौं ।’

११३ सीसी को सो स्कुटरमा व्लु कोर इन्जिनले उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेज दिने, बोल्ड न्यु भाइजरले थप स्पोर्टी र आकर्षक डिजाइन देखिने, डिजिटल इन्स्ट्रयुमेन्टल प्यानल जसमा आवश्यक जानकारीहरु समावेश भएको, डिजिटल मिटर र फ्रन्ट डिस्क ब्रेक एण्ड एलोई ह्विल रहेको कम्पनीका बिनोद खतिवडाले जानकारी गराए । स्कुटी खरिद गर्दा ग्राहकलाई ७ हजारदेखि एकलाख रुपैयाँसम्मको स्क्याच कुपन दिइने र प्रत्येक हप्ता एकजानलाई लक्की ड्र मार्फत यामाहाको ९ लाख २५ हजार मूल्य बरावरको आर थ्रि मोटरसाइकल कम्पनीले उपलब्ध गराउने खतिवडाले बताए । निलो र रातो कलरमा उपलब्ध स्कुटरको मूल्य २ लाख ८ हजार ९ सय रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर