तेह्रथुम,

सडक माथिबाट खसेको पहिरोका कारण कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड अवरुद्ध भएको छ ।

लालीगुराँस नगरपालिका–९ स्थित लसुने बजारनजिकै वाइन फ्याक्ट्री छेउमा आज मध्यान्ह पहिरो खसेपछि म्याङ्लुङबाट सङ्खुवासभा, धनकुटा, काठमाडौँ र पूर्वी तराईका जिल्लातर्फ जाने सवारीसाधन चल्न सकेका छैनन् भने धरान र अन्य विभिन्न ठाउँबाट म्याङलुङका लागि छुटेका गाडी र यात्रु बाटोमै अलपत्र परेका छन् । पहिरोका कारण हिलाम्मे सडकमा यात्रुको विजोग भएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत निर्माणाधीन उक्त सडकखण्डमा खसेको पहिरो पन्छाउन डोजर भर्खरै पुगेकाले सडक खुल्न अझै केही समय लाग्ने यातायात व्यवसायी डिल्ली रेग्मीले बताउनुभयो ।

Views: 281

