Aamsanchar

स्तनपान कक्ष स्थापित

Author Image
मङ्गलवार, भदौ २६, २०७५

दुल्लु, 

जिल्लामा पहिलो पटक स्थानीय तहले सुत्केरी महिलालाई लक्ष्य गरी स्तनपान कक्ष स्थापना गरेको छ ।

सदरमुकामस्थित नारायण नगरपालिकाले सुत्केरी र शिशुको स्वास्थ्य प्रबद्र्धन कार्यक्रमअन्तर्गत नगरपालिकालाई नमूना नगरका रुपमा विकास गर्ने अवधारणानुरुप उक्त कक्षको स्थापना गरेको नगरपालिकाका उपप्रमुख सावित्री मल्लले बताउनुभयो ।

“शिशु जन्मेको ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध खुवाउनुपर्ने र सुत्केरी प्रोत्साहन भत्ता लिन आउने सेवाग्राही शिशु बोकेर आउने भएकाले तिनलाई सहज होस् भनेर कक्ष स्थापना गरेका हौँ”, उपप्रमुख मल्लले भन्नुभयो ।

कक्षमा खाट र कुर्सी राखिएको छ । नगरपालिकाले करीब रु ६५ हजारको लागतमा कक्ष स्थापना गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर