Aamsanchar

थारू समुदायको सशक्तिकरणमा जोड

Author Image
मङ्गलवार, भदौ २६, २०७५

इनरुवा, 

नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले थारू समुदायको सशक्तिकरणका लागि राज्य गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

इनरुवा–४ स्थित शारदा माविको प्राङ्गणमा आजदेखि शुरु भएको थारू कल्याणकारिणीसभा सुनसरीको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारी उदासीनताका कारण उपेक्षित अवस्थामा रहेको थारु समुदायको सशक्तिकरणका लागि राज्य गम्भीर हुनुपर्दछ भन्नुभयो ।

नेता गच्छदारले अधिकार प्राप्तका लागि थारु समुदाय स्वयं पनि जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश नं १ काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइराला, सांसद सीताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतालगायतले थारु समुदायको हकअधिकार र उत्थानका लागि राज्यको दायित्वका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

सो अवसरमा थारू कला, संस्कृति र पहिचान झल्कने ¥याली, झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै बुधबार सम्पन्न हुने सभाका जिल्ला अध्यक्ष पुनितलाल चौधरीले जानकारी दिनुभयो ।

Views: 119

प्रतिक्रिया (०)